विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस २८ भदौ २०८१ १९:५९ | Friday, September 13, 2024
विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो दुई सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्।

भन्सार कार्यालय र सशस्त्र प्रहरीको विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले बैंकक (थाइल्याण्ड) बाट थाइ एयरमार्फत् नेपाल आएकी ३७ वर्षीया भारतीय नागरिक सुमित्रादेवी लक्ष्मण रामलाई नियन्त्रणमा लिएको हो।

उनको झोलाबाट अर्धतरल अवस्थामा तीन वटा छुट्टाछुट्टै पोकामा प्लाष्टिकले बेरेको अवस्थामा सुन बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई गौशाला प्रहरी वृत्तमा पठाइएको छ।

प्रकाशित: २८ भदौ २०८१ १९:५९ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast