विद्यार्थीको दिवा खाजाबारे शिक्षा मन्त्रालयले माग्यो सुझाव

हिमाल प्रेस २६ भदौ २०८१ १०:३९ | Wednesday, September 11, 2024
विद्यार्थीको दिवा खाजाबारे शिक्षा मन्त्रालयले माग्यो सुझाव फाइल तस्बिर

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजाको मस्यौदामाथि सुझाव माग गरेको छ।

शिक्षा मन्त्रालयको प्रारम्भिक बालविकास पोषण शाखा अधिकृत सुशिला अर्यालले मंगलबार सूचना जारी गर्दै स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारुपको मस्यौदा तयार पारिएको जानकारी दिइन्।

उक्त मस्यौदामाथि भदौ मसान्तभित्र उल्लेखित ठेगानामा सुझाव दिन अनुरोध गरिएको छ।

सुझावका क्षेत्रहरू

१. दिवा खाजाका लागि कस्तो नीति आवश्यक छ? यसमा उल्लेख भएको अपूर्ण भए आफ्नो सुझाव दिनुहोस्।

२. दिवा खाजासँग जोडेर स्थानीय खाद्यवस्तुको उत्पादन बढाउने र स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने तरिका के के हुन सक्छन्?

३. विद्यालयको दिवा खाजाको पोषणमा खाद्य सुरक्षा र स्वच्छता कसरी सुरक्षित गर्न सकिन्छ?

४. स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न कुन कुन निकायसँग सहकार्य गर्न सकिन्छ र कसरी?

५. स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजाको व्यवस्थापन गर्ने उत्तम उपाय के के हुन सक्छन्?

 

प्रकाशित: २६ भदौ २०८१ १०:३९ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast