पूर्वप्राथमिक तहदेखि नै शिक्षामा सुधार आवश्यक छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस १४ भदौ २०८१ १२:५५ | Friday, August 30, 2024
पूर्वप्राथमिक तहदेखि नै शिक्षामा सुधार आवश्यक छ : शिक्षामन्त्री भट्टराई

काठमाडाैँ‍-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पूर्वप्राथमिक तहदेखि नै शिक्षा सुधार गर्नुपर्ने बताएकी छन्।

बिहीबार (भदौ १३ गते) प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्रनहरूको जवाफ दिँदै शिक्षामन्त्री भट्टराईले पूर्वप्राथमिक तहदेखि नै सुधार आवश्यक  रहेकाे बताएकी हुन्।

साथै बोझिलो पाठ्यक्रम, पुरातन परीक्षा प्रणाली, सामाजिक विकासका पक्षलाई भन्दा भौतिक पूर्वाधारलाई विकासको सूचक मान्ने मान्यता नै न्यून नतिजाका कारण भएकाे उनले बताइन्।

कक्षा १० र १२ को परीक्षाको नतिजा कमजोर हुनुको कारण आधारभूत शिक्षामा उपयुक्त तथा उपलब्धिमूलक सिकाइ नहुनु रहेकाे बताउँदै शिक्षामन्त्री भट्टराईले भनिन्,‘पूर्वप्राथमिक तहदेखि नै सुधारको खाँचो आवश्यक छ। संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक तुरुन्तै पारित गर्न सकियो र यसलाई कार्यान्वयन गर्न सकियो भने शिक्षा क्षेत्र सुधार गर्न सकिन्छ।’

परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा त्यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताइन्। उनकाे भनाइ छ, ‘किनकी सरकारले शैक्षिक व्यवस्थापनको जिम्मा लिएको छ।’

शिक्षामन्त्री भट्टराईले पर्याप्त शिक्षक अभावका कारण तल्लो तहका शिक्षकले माथिल्लो कक्षामा शिक्षण गर्नुपर्ने अवस्था रहेकाे बताइन्।

प्रकाशित: १४ भदौ २०८१ १२:५५ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast