मर्स्याङ्दी बस दुर्घटना : कम्तीमा १४ जनाको निधन

हिमाल प्रेस ७ भदौ २०८१ १३:२० | Friday, August 23, 2024
मर्स्याङ्दी बस दुर्घटना : कम्तीमा १४ जनाको निधन

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जना यात्रुको निधन भएको छ। आज बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो। बस पूर्ण रुपमा क्षतिग्रस्त छ भने बसको आधा भाग नदीमा डुबेको अवस्थामा छ।

अहिले उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर सक्रिय भएको छ। साथै प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले २९ जना यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ।

सबै तस्बिर : सशस्त्र प्रहरी

मर्स्याङ्दीमा बस खस्यो : २९ घाइते यात्रुको उद्धार

मर्स्याङ्दीमा भारतीय बस खस्यो, यात्रुको उद्धार जारी

मर्स्याङ्दी नदीमा बस खस्यो

प्रकाशित: ७ भदौ २०८१ १३:२० | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast