महासंघले शिक्षामन्त्री भट्टराईलाई भेटेर भन्यो : शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन छिट्टै जारी होस्

हिमाल प्रेस १८ साउन २०८१ ६:४७ | Friday, August 2, 2024
महासंघले शिक्षामन्त्री भट्टराईलाई भेटेर भन्यो : शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन छिट्टै जारी होस्

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षा मन्त्रालयकै भेटेर शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा मन्त्रालय पुगेको महासंघको प्रतिनिधि मण्डलले मन्त्री भट्टराईसँग संसद्मा विचाराधीन शिक्षा ऐनलगायत विषयमा छलफल गरेको हो।

महासंघका अध्यक्ष सुवेदीले भने, ‘नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलले माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भेटी छलफल र संवाद गरेको छ। माननीय मन्त्रीज्यूबाट नयाँ ऐन जारी गर्ने तथा शिक्षक–कर्मचारीका मागमुद्दा सम्बोधन गर्ने सन्दर्भमा सकारात्मक पहलकदमीको प्रतिबद्धता व्यक्त भएको छ।’

भेटघाटमा मन्त्री भट्टराईलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको बताउँदै सुवेदीले ध्यानाकर्षण पत्रमा समसामयिक मुद्दा र केही सैद्धान्तिक विषय मात्र रहेको जानकारी दिए।

यसअघि महासंघले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पनि सोही मागका विषयमा ध्यानाकर्षण गराएको थियो।

प्रकाशित: १८ साउन २०८१ ६:४७ | Friday, August 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast