विभिन्न स्थानमा भारी वर्षा हुँदै, मौसम विभाग भन्छ : सचेत भएर रहनुहोला

हिमाल प्रेस २२ असार २०८१ ६:४२
26
SHARES
विभिन्न स्थानमा भारी वर्षा हुँदै, मौसम विभाग भन्छ : सचेत भएर रहनुहोला फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ।

आज बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका थोरै स्थानमा दिउँसो भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। राति कोसी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा राति अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २२ असार २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =