शिक्षा मन्त्रालयले सम्बन्धित संस्थाहरूलाई भन्यो : १५ दिनभित्र कामको विवरण उपलब्ध गराउनू

हिमाल प्रेस १६ असार २०८१ १२:२८ | Sunday, June 30, 2024
शिक्षा मन्त्रालयले सम्बन्धित संस्थाहरूलाई भन्यो : १५ दिनभित्र कामको विवरण उपलब्ध गराउनू फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित संस्थाहरूलाई १५ दिनभित्र कामको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालगायत गैरसरकारी संस्थालाई

विवरण संकलन गरेर पठाउन निर्देशन दिएको हो।  शिक्षा क्षेत्रमा हाल के-कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन्।

तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको जनाएको छ। यसको विवरण राख्न  शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण संकलन थालिएको उनको सचिवालयले जनाएको छ।

विवरण संकलनपछि शिक्षा प्रणालीका  समस्या पहिचान गरिने र समाधान खोजिने सचिवालयले बताएको छ। यसअघि शिक्षासँग सम्बन्धित संस्थाको एकिन विवरण मन्त्रालयसँग नभएको स्रोतले जनाएको छ। ‘मन्त्रीज्यूले काम गरिरहेका संस्थाको विवरण माग गर्नुभएको हो। समय दिइएको छ, स्रोतले भन्यो।

प्रकाशित: १६ असार २०८१ १२:२८ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast