विद्यालयको नाम र शिक्षक संख्यासहितको विवरण उपलब्ध गराउन केन्द्रकाे अनुराेध

हिमाल प्रेस ८ असार २०८१ १७:०५
972
SHARES
विद्यालयको नाम र शिक्षक संख्यासहितको विवरण उपलब्ध गराउन केन्द्रकाे अनुराेध

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (पाठ्यक्रम तथा सामग्री शाखा) सानोठिमी भक्तपुरले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र लेख्दै कष्टमाइज्ड तालिम प्राप्त गरेका विद्यालयको नाम र शिक्षक संख्यासहितको विवरण उपलब्ध गराउन अनुराेध गरेकाे छ। केन्द्रले विवरण उपलब्ध गराउन स्थानीय तहसँग समन्वय तथा सहजीकरण गर्न आग्रह गरेको छ।

ताप्लेजुङ, भोजपुर, खोटाङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, भक्तपुर, रसुवा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, रुपन्देही, कपिलवस्तु, रोल्पा, सल्यान, बाँके, बर्दिया, दैलेख, डोल्पा, जुम्ला, अछाम, डोटी र कञ्चनपुर शिक्षा विकास तथा समन्वय एकाइ साे आग्रह गरिएकाे हाे।

केन्द्रकाे कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ को विद्यालय शिक्षा क्षेत्र योजना अन्तरगतको क्रियाकलाप नं. २.७१३.१३ मा विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान अन्तर्गतको उपक्रियाकलाप कक्षा १-३ मा गणित तथा पढाइ क्षेत्रका थप सिकाई सामग्री छपाइ तथा वितरण गरी विद्यालयको नामनामेसी सहितको विवरण र क्रियाकलाप नं. २.७.१३.३०२ शैक्षिक सुशासनका लागि संस्थागत क्षमता विकास, विद्यार्थी परीक्षण मूल्याङ्कन, शिक्षक मेन्टरिङ तथा विद्यालय सुपरिवेक्षण अन्तरगत एकीकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज्ड तालिम ५ दिन (अनलाइनसमेत) सम्पन्न गरी कष्टमाइज्ड तालिम प्राप्त गरेका विद्यालयको नाम र शिक्षक संख्या सहितको विवरण सबै स्थानीय तहबाट प्राप्त नभएकाले र पठाउने स्थानीय तहले पनि सबै विद्यालयको विवरण नपठाएकाले ७ दिनभित्र पठाउन आग्रह गरिएकाे छ।

उल्लेखित जिल्लाका स्थानीय तहका सबै सामुदायिक विद्यालयमा सामग्री प्राप्त भएको र तालिम लिएको विवरण IEMIS मा इन्ट्री गर्नका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने र यसका लागि आवश्यक सहजीकरण गर्न अनुराेध गरिएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =