शिक्षा विधेयक पास गर्न २० अर्ब बढी लाग्छ, व्यवहारमा नआउने कानुन बनाउने? : शिक्षा समिति सभापति थापा

हिमाल प्रेस ३२ जेठ २०८१ ८:४१ | Friday, June 14, 2024
शिक्षा विधेयक पास गर्न २० अर्ब बढी लाग्छ, व्यवहारमा नआउने कानुन बनाउने? : शिक्षा समिति सभापति थापा

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य प्रविधि समिति सभापति अम्मरबहादुर थापाले संसदमा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भावना बुझ्ने र संसदबाट पास गर्न २० अर्बभन्दा बढी लाग्ने बताएका छन्। प्रतिनिधिसभा बैठक (जेठ २९ गते, मंगलबार) मा बोल्दै सभापति थापाले सो कुरा बताएका हुन्।

उनले भने, ‘विद्यालय शिक्षा विधेयकको भावना बुझ्ने र पास गर्ने हो भने २० अर्ब भन्दा बढी लाग्छ। २० अर्ब भयो भने त्यसको व्ययवस्थापन गर्न सकिएला। चालु अवस्थामा भएकै बजेटमा पनि थप बजेट प्रस्ताव गरिएको छैन भने भोलि कानुन लागू भयो भने यसले गर्न सक्छ कि सक्दैन?’

उनले आदर्शका कुरा गर्ने, कानुन बनाएर व्यवहारमा लागू गर्न नसक्ने हो भने त्यसको औचित्य नहुने बताए। सभापति थापाले भने, ‘हामीले आदर्शका कुरा गर्छौं। व्यवहारमा त्यो कुरा ल्याउन सक्छौं कि सक्दैनौँ? संविधानमा मौलिक हक र अधिकारका कुरा राख्यौं तर व्यवहारमा ल्याउन सकेका छैनौं। व्यवहारमा नआउने कानुन मात्र बनायौं भने यसले मुलुकलाई अगाडि बढाउन सक्दैन।’

प्रकाशित: ३२ जेठ २०८१ ८:४१ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast