केही स्थानमा हावाहुरी, केहीमा वर्षा

हिमाल प्रेस २० जेठ २०८१ ६:२५
26
SHARES
केही स्थानमा हावाहुरी, केहीमा वर्षा फाइल तस्बिर।

काठमाडौँ- नेपालको मौसम आज साधारणतया बदली देखिने अनुमान छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको छ। नेपालको पूर्वी भूभागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ। नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ ।

प्रकाशित: २० जेठ २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =