गिरीबन्धु प्रकरणबारे ओलीलाई देउवाको जवाफ : आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ

हिमाल प्रेस ३ जेठ २०८१ १२:०० | Thursday, May 16, 2024
गिरीबन्धु प्रकरणबारे ओलीलाई देउवाको जवाफ : आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टीइस्टेटको जग्गा बिक्री नेकपा एमालेकै पालामा भएको बताएका छन्। काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले नेकपा (एमाले) को सरकारका पालमा गिरीबन्धुबारे निर्णय भएको बताएका हुन्।

‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टिइस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ। कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि,’ उनले भने, ‘त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’

उनले त्यसबेला गिरिजाप्रसाद कोइराला र आफू प्रधानमन्त्री बनेको भन्दै गिरीबन्धुबारे केही निर्णय नभएको पनि बताए। ‘ओलीजीले यस्तो कुराबोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो,’ उनले भने।

प्रकाशित: ३ जेठ २०८१ १२:०० | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast