महासंघले भेट्यो शिक्षामन्त्री श्रेष्ठ र शिक्षा समिति सभापति थापा, शिक्षकका मागप्रति ध्यानाकर्षण [तस्बिरहरूसहित]

हिमाल प्रेस ३१ वैशाख २०८१ १०:५८ | Monday, May 13, 2024
महासंघले भेट्यो शिक्षामन्त्री श्रेष्ठ र शिक्षा समिति सभापति थापा, शिक्षकका मागप्रति ध्यानाकर्षण [तस्बिरहरूसहित]

काठमाडौँ– नेपाल शिक्षक महासंघको नवनिर्वाचित पदाधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापालाई भेटेर शिक्षक तथा विद्यालय कर्मचारीका मागप्रति ध्यानाकर्षण गराएका छन्।

महासंघका नवनिर्वाचित अध्यक्ष सुवेदी नेतृत्वको पदाधिकारीले आइतबार उनीहरूलाई भेटेका हुन्।

अध्यक्ष सुवेदीले शिक्षा विधेयक–२०८०, नयाँ बजेटले सम्बोधन गर्नुपर्ने विषय, जिल्लान्तर सरुवा, मासिक तलब भुक्तानीलगायत समसामयिक सवालमा शिक्षामन्त्री सुमना श्रेष्ठसँग भेटघाट तथा छलफल भएको जानकारी दिए।

शिक्षा समितिका सभापति थापासँग पनि विद्यालय शिक्षा ऐन– २०८० सम्बन्धमा छलफल भएको उनले जानकारी दिए।

सबै तस्बिर लक्ष्मीकिशाेर सुवेदीकाे फेसबुकबाट

प्रकाशित: ३१ वैशाख २०८१ १०:५८ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast