अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस २९ वैशाख २०८१ ६:३७ | Saturday, May 11, 2024
अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना छ : मौसम विभाग

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ।

जसको प्रभावस्वरूप यतिबेला (शनिबार बिहान) देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानमा दिउँसो पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ।

प्रकाशित: २९ वैशाख २०८१ ६:३७ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast