राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजा

हिमाल प्रेस १ वैशाख २०८१ ९:५६ | Saturday, April 13, 2024
राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा गरेका छन्।

राष्ट्रपतिसहित प्रथम महिला सविता पौडेलले सपनतीर्थमा पूजा गरेका हुन्।

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले स्वागत गरेका हुन्।

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ। यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन्। सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ।

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए। जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १ वैशाख २०८१ ९:५६ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast