संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्दै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

हिमाल प्रेस १५ असोज २०८३ ९:३१ | Thursday, October 1, 2026
संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्दै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ- संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

संविधानअनुसार संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। संघीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो। प्रतिनिधि सभामा हाल दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन्।

 

प्रकाशित: १५ असोज २०८३ ९:३१ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast