राष्ट्रपतिबाट अध्यादेश जारी

हिमाल प्रेस २३ असोज २०८३ १७:५३ | Friday, October 9, 2026
26
SHARES
राष्ट्रपतिबाट अध्यादेश जारी

काठमाडौँ- राष्ट्रिपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेको तीनमध्ये एक अध्यादेश जारी गरेका हुन्।

पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

२१ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता भएका व्यक्तिलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउन ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्ने निर्णय गरेको थियो।

अध्यादेशमा यसअभनदा अघि १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई ४५ दिन बनाउने व्यवस्था गरिएको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित: २३ असोज २०८३ १७:५३ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast