राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

हिमाल प्रेस ३० चैत २०८० १२:४३ | Friday, April 12, 2024
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको उनले बताए। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको निष्कर्ष सुनाएका छन्।

पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको लिङ्देनको भनाइ छ। बैठकमा कार्यसम्पादन समिति सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित: ३० चैत २०८० १२:४३ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast