यसवर्षको महामुर्ख मधेश प्रदेशका सभामुख रामचन्द्र

हिमाल प्रेस १२ चैत २०८० १९:१० | Monday, March 25, 2024
यसवर्षको महामुर्ख मधेश प्रदेशका सभामुख रामचन्द्र

जनकपुरधाम- मधेश प्रदेशका सभामुख यसवर्षको महामुर्ख घोषित भएका छन्।  जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित महामुर्ख सम्मेलनमा आफूलाई महामुर्खको उपाधि दिइयोस भन्ने ईच्छाका साथ जनकपुरधामको राम मन्दिर अगाडि घण्टौसम्म जम्मा भएका बौद्धिक जमातमध्ये सभामुख रामचन्द्र मण्डल सफल भएका हुन्।  उक्त कार्यक्रमको आयोजना मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ।  सभामुख  मण्डललाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ।

मधेश प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमुर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मुर्ख महामण्डलेश्वर, गोगल प्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मुर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, संचारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मुर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषदलाई निर्विकल्प मुर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मान गरियो।

त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेश क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ। सो सम्मेलनमा सहभागी कविहरूले आ–आफ्नो कविताको माध्यले विभिन्न विषयवस्तु माथि कटाक्ष समेत गरेका थिए।

महामुर्खको उपाधप दिने विगत २८ वर्षको परम्परा अनुसार यसअघि मिनापले कवि नरेश ठाकुर, मधेश प्रदेशका पूर्व मन्त्री शत्रुधन महतो, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिहं, राजनीतिक विश्लेषक सीके लाल, नेकपा एकिकृत समाजवादीका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख लालकिशोर साह, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश, मधेस प्रदेशको निति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा. भोगेन्द्र झा र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई महामुर्खको उपाधि प्रदान गरी सकिएको छ।

प्रकाशित: १२ चैत २०८० १९:१० | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast