 
                             
                                            काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षकको बिदासम्बन्धी सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेका बेला महासंघले सरकारलाई सो सुझाव पेस गरेको हो।
महासंघले अध्ययन बिदा, लामो विरामी बिदा, बेतलवी बिदा तथा असाधरण बिदाको स्वीकृति पालिकाको सिफारिसमा जिल्लामा हुने शिक्षाको एकाइबाट गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।
महासंघले सुझाव पत्रमा उल्लेख गरेको छ,‘अस्थायी प्रकृतिका शिक्षकको पनि बिदा सञ्चित हुने र सो अनुसार रकम पाउने व्यवस्था गर्नुपर्छ।’
                            प्रकाशित: १० चैत  २०८० १३:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 