घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता

हिमाल प्रेस ९ चैत २०८० ८:०३ | Friday, March 22, 2024
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता घलेगाउँ

लमजुङ- फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका-३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ।

समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्गभूमि रंगशालामा उक्त प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित १२ फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद १० हजारसहित पदक प्रदान गरिने छ। छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत नकआउट आधारमा खेल हुनेछन्। प्रतियोगिता सञ्चालन गर्न ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताए।

प्रकाशित: ९ चैत २०८० ८:०३ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast