सर्वाधिक उचाइमा म्युजिक भिडियो बनाउने लुइँटेललाई राष्ट्रपतिले गरे सम्मान

हिमाल प्रेस ४ चैत २०८० १९:४६ | Sunday, March 17, 2024
सर्वाधिक उचाइमा म्युजिक भिडियो बनाउने लुइँटेललाई राष्ट्रपतिले गरे सम्मान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरी विश्व कीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उनको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

मनाङको तिलिचो ताल परिसरमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा. डीआर उपाध्यायले लेखेका हुन् भने संगीत सिर्जना सन्तोष श्रेष्ठले गरेका हुन्। म्युजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय छ। भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रशंसा गरेका थिए। रासस

प्रकाशित: ४ चैत २०८० १९:४६ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast