इटहरीका निजी विद्यालयले पनि शिक्षकलाई सरकारी सरह तलब दिनुपर्ने

हिमाल प्रेस ३० फागुन २०८० १९:४१ | Wednesday, March 13, 2024
इटहरीका निजी विद्यालयले पनि शिक्षकलाई सरकारी सरह तलब दिनुपर्ने

इटहरी– इटहरी उपमहानगरपालिकाले यहाँका निजी विद्यालयलाई थप व्यवस्थित गर्दै लैजाने भएको छ। निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति पत्र लगायतका कागजात सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ।

उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको नियुक्ति पत्र, अध्यापन अनुमति पत्र, प्रधानाध्यापक नियुक्तिको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो।

निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्ति पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो।

शिक्षा युवा तथा खेलकुद शाखाले सात दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोणप्रसाद दाहालले जानकारी दिए।

सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने र बुझाएको विवरणसमेत माग गरिएको उनको भनाइ छ।

प्रकाशित: ३० फागुन २०८० १९:४१ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast