एसईईका उत्तरपुस्तिका लिलाम गरिँदै

हिमाल प्रेस १५ फागुन २०८० १३:४५ | Tuesday, February 27, 2024
एसईईका उत्तरपुस्तिका लिलाम गरिँदै

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को उत्तरपुस्तिका र सोसँग सम्बन्धित कागजातहरू लिलाम गर्न लागेको छ। लिलामीका लागि बोर्डले दोस्रोपटक सोमबार सूचना जारी गरेको छ।

ती कागजातहरू गोप्य तवरले मेसिनमार्फत् धुल्याउनुपर्ने बोर्डको सर्त छ। त्यसका लगि रिसाइक्लिङ मेसिन भएका कम्पनीलाई आवेदन दिन भनिएको छ।यसअघि बोर्डले उत्तरपुस्तिका लिलामीका लागि गएको माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। पहिलो सूचनामा कुनै आवेदन नपरेपछि दोस्रोपटक खुलाइएको बोर्डले जनाएको छ। बोलपत्र फारम भर्न ११ दिनको म्याद तोकिएको छ।

प्रकाशित: १५ फागुन २०८० १३:४५ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast