शिक्षकलाई सन्तुष्ट बनाउन सकिएको छैन : शिक्षामन्त्री राई

हिमाल प्रेस ७ फागुन २०८० १२:५० | Monday, February 19, 2024
शिक्षकलाई सन्तुष्ट बनाउन सकिएको छैन : शिक्षामन्त्री राई फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकलाई सन्तुष्ट बनाउन नसकेको बताएका छन्। उनले नयाँ शिक्षा ऐन आएपछि विद्यालय, शिक्षक, कर्मचारीका समस्या समाधान हुने बताए।

शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाम्नत्री राईले शिक्षा ऐनलाई छिटो कार्यान्वयनमा ल्याउन सकिए शिक्षा क्षेत्रमा देखिएका समस्या हट्ने बताए। ‘शिक्षकलाई सन्तुष्ट बनाउन सकेका छैनौँ। विद्यालयमा दरबन्दी पूरा गर्न सकेका छैनौँ। अब शिक्षा ऐन आएपछि यस्ता समस्या समाधान हुन्छ,’ राईले भने।

मन्त्री राईले विद्यालय शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनबाटै पारित गर्नका लागि सरकार लागिपरेको बताए। उनले भने,‘प्रतिनिधिसभाको हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउने र बर्खे अधिवेशनमा राष्ट्रियसभाबाट पारित गरेर चाँडै लागू गर्नेतर्फ सरकार अग्रसर रहेको छ।’

उनले शिक्षा क्षेत्रमा २० प्रतिशत लगानी गर्नैपर्ने बताउँदै अहिले छुट्याइएको झन्डै ११ प्रतिशत बजे तलबभत्तामै सीमित भएको बताए।

प्रकाशित: ७ फागुन २०८० १२:५० | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast