मन्त्रालयले माग्यो उच्च शिक्षा कानुनका लागि सुझाव

हिमाल प्रेस ८ माघ २०८० १२:०४ | Monday, January 22, 2024
मन्त्रालयले माग्यो उच्च शिक्षा कानुनका लागि सुझाव शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुनका लागि सरोकारवालासँग सुझाव माग गरेको छ।

उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदाको प्रति मन्त्रालयले आइतबार आफ्नो वेबसाइटमा राख्दै सुझाव माग गरेको हो।

उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन तोकिएको ढाँचामा स्वदेश तथा विदेशमा रहेका सरोकारवालले १५ दिनभित्रमा सुझाव दिन सकिनेछ।

मन्त्रालयले भनेको छ,‘उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदाको प्रति यस मन्त्रालयको वेबसाइटमा राखिएको छ। प्रस्तुत मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको विधेयकमा १५ दिनभित्र उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन निम्न बमोजिमको ढाँचामा प्रस्तुत सुझाव उपलब्ध गराइदिन हुन स्वदेश तथा विदेशमा रहनुहुने शिक्षाप्रेमी, विद्वान बुद्धिजीवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आवद्ध महानुभावहरू, सरकारी/सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग सरोकार राख्ने सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यहाँहरूबाट प्राप्त सुझावबाट प्रस्तुत विधेयक अझ बढी समृद्ध हुने यस मन्त्रालयको अपेक्षा रहेको व्यहोरा सादर अनुरोध गरिन्छ।’

विधेयक

प्रकाशित: ८ माघ २०८० १२:०४ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast