शिक्षक सेवा आयोगको परीक्षामा कसरी सफल हुने? यस्ता छन् टिप्स

हिमाल प्रेस १० पुष २०८० १०:४५ | Tuesday, December 26, 2023
शिक्षक सेवा आयोगको परीक्षामा कसरी सफल हुने? यस्ता छन् टिप्स

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त दरबन्दीका लागि पुसभित्रै विज्ञापन खुलाउने तयारी गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विभिन्न विषयका ४३५ शिक्षकको रिक्त दरबन्दी आयोगमा आइसकेको छ।

स्थायी शिक्षक बन्नका लागि हजारौँ विद्यार्थी परीक्षाको तयारीमा छन्। पटकपटक परीक्षा दिँदा पनि विद्यार्थी असफल हुने गरेका छन्।

स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले आयोगको परीक्षा सजिलै उत्तीर्ण गर्न अध्ययन नियमित हुनुपर्ने बताउँछन्।

उनी भन्छन्,‘निरन्तर अध्ययन गर्नुभयो भने सफलाको पहिलो सूत्र नै त्यही हो। दोस्रो, बजारमा निस्केका कुनै पुस्तक, गेजपेपर, गाइडमा विश्वास गर्ने होइन। पाठ्यक्रम अगाडि राख्ने र पाठ्यक्रमअनुसार फलो गर्नुपर्छ ती गेसपेपर, गाइडलाई। आधिकारिक वेबसाइटबाट तथ्यांक लिनुपर्छ। लामो अनुभव भएका प्रशिक्षकबाट ९नियमित रूपमा अपडेट भएको० काउन्सिलिङ लिनुपर्छ। उहाँबाट सल्लाह लिनुपर्छ। आधिकारिक डकुमेन्ट मात्र अध्ययन गर्नुपर्छ। एउटा गेस, गाइड लिएपछि त्यसैमा भर पर्नुहुँदैन। अरू सूचना नलिने विद्यार्थीको यो बानीले गर्दा विद्यार्थी असफल भइरहेका छन्।’

भट्टराईले आयोगले लक्षित समूह को हो? लक्षित समूहलाई आधार बनाएर प्रश्नपत्र निर्माण गर्नुपर्ने पनि बताए।

अध्यापन अनुमतिपत्रको खस्किँदो नतिजा : दोषी परीक्षार्थी कि सरकार?

प्रकाशित: १० पुष २०८० १०:४५ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast