काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा लड्ने भएकी छन्। उनले असोज १८ देखि सुरू हुने महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आगामी यात्रामा पनि सबैको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गरेकी छन्।
‘नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै, आगामी यात्रामा पनि यहाँहरूको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गर्दछु,’ उनले भनेकी छन्।
उनले पद्मकन्या क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघ केन्द्रीय सदस्य र महामन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
प्रकाशित: १५ असोज २०८३ १२:२५ | Thursday, October 1, 2026
प्रतिक्रिया



