कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्मा दूध बोकेको ट्यांकर दुर्घटना हुँदा सहचालक आशिष अधिकारी मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लुप्र ०१-००१ क ०८४५ नम्बरको उक्त ट्यांकर सडक छेउको रुखमा ठोकिएको थियो।
ट्यांकर चालक महेशप्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ।
प्रकाशित: १५ असोज २०८३ १३:४५ | Thursday, October 1, 2026
प्रतिक्रिया



