अस्थायी प्रकृतिका शिक्षक कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन एनटीओको माग

हिमाल प्रेस ११ असोज २०८३ ११:३५ | Sunday, September 27, 2026
अस्थायी प्रकृतिका शिक्षक कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन एनटीओको माग

काठमाडौँ- नेपाल शिक्षक संगठन (एनटीओ) केन्द्रीय समितिले अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई अनिवार्य रूपमा प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

संगठनले सार्वजनिक गरेको अपिलमार्फत समान कामको समान ज्याला, प्रोत्साहन भत्तामा सबै श्रमिकको सुनिश्चितताको नारालाई अघि सार्दै सबै अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई समान सुविधाको व्यवस्था गर्न आग्रह गरेको हो।

एनटीओका अनुसार राहत शिक्षक, साविक उमावि शिक्षक, प्राविधिक धारका शिक्षक, संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षक, बालविकास शिक्षक, करार शिक्षक, विद्यालयका लेखापाल तथा कर्मचारी, प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी तथा स्थानीय र प्रदेश अनुदानमा कार्यरत शिक्षक कर्मचारी लगायत सबै अस्थायी प्रकृतिका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनुपर्ने माग गरिएको छ।

संगठनले समान काम गर्ने सबै श्रमिकले समान ज्याला र प्रोत्साहन भत्ताको सुविधा पाउनुपर्ने भन्दै सम्बन्धित निकायलाई आवश्यक निर्णय गर्न आग्रह गरेको छ।

प्रकाशित: ११ असोज २०८३ ११:३५ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast