‘कालीगण्डकीले फर्से बस्तीमा ८० घर बगायो’

हिमाल प्रेस ११ असोज २०८३ १२:०४ | Sunday, September 27, 2026
‘कालीगण्डकीले फर्से बस्तीमा ८० घर बगायो’

काठमाडौँ- पर्वतको जलजला गाउँ पालिका ८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको बहाव बस्तीमा पस्दा ८० वटा घर बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अविरल वर्षाले नदीको बहाव बढेपछि बस्तीमा पस्न थालेको थियो।

मानवीय क्षति भए पनि एकिन हुन नसकेको सशस्त्रले जनाएको छ। ‘अन्य घरहरु समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं।२५ चन्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सरसामान तथा सबै स्थानियहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।’ सशस्त्रका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

उनका अनुसार ती क्षेत्रमा विद्युत नभएकाले घटनाको विस्तृत विवरण आउन कठिन भइरहेको छ।

प्रकाशित: ११ असोज २०८३ १२:०४ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast