६५ वर्षीय वृद्ध घरभित्र च्यापिएको अवस्थामा फेला, सकुशल उद्धार

हिमाल प्रेस १३ असोज २०८३ ९:२४ | Tuesday, September 29, 2026
६५ वर्षीय वृद्ध घरभित्र च्यापिएको अवस्थामा फेला, सकुशल उद्धार

काठमाडौँ- पर्वतको जलजला गाउँपालिका ७, लामाबगरमा सुक्खा पहिरोले घर पुरिएको छ । प्रहरीका अनुसार पहिरोले घर पुरिँदा च्यापिएका एकजनाको सकुशल उद्धार गरिएको छ।

मंगलबार बिहान करिब ५:३० बजे माथिबाट सुक्खा पहिरो खस्दा सोही स्थान बस्ने अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।

उद्धार गरिएका आचार्यको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: १३ असोज २०८३ ९:२४ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast