आज पानी परे पनि भोलिदेखि खुल्छ आकाश : मौसम विभाग

हिमाल प्रेस ११ असोज २०८३ ११:४१ | Sunday, September 27, 2026
आज पानी परे पनि भोलिदेखि खुल्छ आकाश : मौसम विभाग

काठमाडौँ- देशका विभिन्न ठाउँमा आज (आइतबार) वर्षा भइरहेको छ। काठमाडौँ र पश्चिम नेपालमा भीषण वर्षा भइरहेको छ। नदीहरू उर्लिएका छन् भने जनधनको क्षति पनि भएको छ। आज जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षा भए पनि सोमबारदेखि मौसममा सुधार आउने छ। विभागले आज (आइतबार) रातिदेखि कम हुँदै भोलि (सोमबार) देखि मौसममा उल्लेख्य सुधार आउने भएको छ।

हाल उक्त मौसमी प्रणाली बिस्तारै कमजोर बन्दै गएको भए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज दिउँसो पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। निरन्तरको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलाहरूमा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले विभागले प्रभावित मध्य भूभागहरूमा ‘रातो’ रङको उच्च सतर्कता (प्रतिकार्य) चेतावनी जारी गरेको छ।

आज रातिदेखि भने मौसममा निकै सुधार आउने र भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

 

प्रकाशित: ११ असोज २०८३ ११:४१ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast