‘केही स्थानमा भारी वर्षा हुन सक्छ’

हिमाल प्रेस १७ भदौ २०८३ ८:२८ | Wednesday, September 2, 2026
‘केही स्थानमा भारी वर्षा हुन सक्छ’

काठमाडौँ- आज पनि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास छ। मनसुनको रेखा जति नजिक भयो उति पानी पर्ने सम्भावना बढ्छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कोसी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: १७ भदौ २०८३ ८:२८ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast