काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ थियो। आइतबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँ घटेर ४ हजार ६२० रुपैयाँमा थियो।
प्रकाशित: ११ असोज २०८३ ११:२२ | Sunday, September 27, 2026
प्रतिक्रिया



