शैक्षिक क्षेत्रमा दलीय भागबन्डा रोक्नुपर्छ : बिजुक्छेँ

हिमाल प्रेस २९ मंसिर २०८० ९:१३ | Friday, December 15, 2023
शैक्षिक क्षेत्रमा दलीय भागबन्डा रोक्नुपर्छ : बिजुक्छेँ

भक्तपुर-  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई दलीय भागबन्डाबाट मुक्त नगरेसम्म दुवै क्षेत्रमा गुणस्तर कायम नहुन बताएका छन्।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२औँ र ख्वप कलेज अफ इञ्जिनियरीङको १५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित  कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीय भागबन्डा अन्त्य हुनुपर्ने बताएका हुन्।

अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ सेवा गर्ने जनशक्ति उत्पादन गर्ने स्थानमा दलीय भागबन्डा हुननहुनेमा जोड दिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएका शैक्षिक प्रतिष्ठानका प्रगति विवरण प्रस्तुत गरे।

अध्यक्ष बिजुक्छेँले दुवै कलेजमा १० र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए।

प्रकाशित: २९ मंसिर २०८० ९:१३ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast