आईसीसी क्रिकेट विश्वकप लिग २ : क्यानाडासामु २३६ रनको लक्ष्य, रोहितको शतक

हिमाल प्रेस २५ असोज २०८३ १५:४३ | Sunday, October 11, 2026
10
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग २ : क्यानाडासामु २३६ रनको लक्ष्य, रोहितको शतक

काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानाडाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रोहित पौडेलको शानदार शतकीय इनिङको मद्तले नेपालले यो लक्ष्य प्रस्तुत गरेको हो।

ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रनको योजफल खडा गरेको छ।

रोहितले १२७ बलको सामना गर्दै १०१ रन बनाए। उनले आफ्नो शतकीय इनिङमा ८ चौका र एक छक्का प्रहार गरे।

बलिङ पिचमा ब्याटिङका लागि उत्रिएको नेपालको सुरुवात खराब रह्यो। १० रनको योगफलमा नेपालको दुई विकेट गुमिसकेको थियो। त्यसपछि रोहितले इनिङ सम्हाल्दै स्कोरबोर्ड अगाडि बढाएका थिए।

सातौँ नम्बरमा ब्याटिङका लागि आएका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके। उनले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। त्यस्ते वसिर अहमदले ५७ बलमा तीन चौकासहित ३० रन बनाए।

ओपनिङका लागि आएका अुर्जुन कुमालले २३ रनको योगदान गरे।

क्यानाडाका लागि अखिल कुमारले सर्वाधिक चार र सुखजिन्दर सिंहले तीन विकेट लिए। यसैगरी जहिद सेहजादले दुई विकेट हात पारे।

प्रकाशित: २५ असोज २०८३ १५:४३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast