आईसीसी क्रिकेट विश्वकप लिग २ : नामिबियासँग नेपालको लज्जास्पद हार

हिमाल प्रेस ६ साउन २०८३ ७:०६ | Wednesday, July 22, 2026
6
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग २ : नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।

मंगलबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नामिबियाका लागि जान फ्रायलिंकले अविजित ७७ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए । जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे ।

नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६।५ ओभरमा १५७ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए ।

रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरेपनि अन्यबाट उल्लेख्य योगदान हुनै सकेन । नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू संघर्ष गरेका थिए ।

नामिबियाका लागि जेजे स्मिथले ९.५ ओभरमा ३६ रन मात्र दिएर ६ विकेट लिए। बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले २-२ विकेट लिए ।

यो जितपछि लिग २ अंकतालिकामा नामिबिया २९ खेलमा २४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । नेपालको पनि समान अंक छ तर नेट रनरेटमा अघि छ ।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

प्रकाशित: ६ साउन २०८३ ७:०६ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast