घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २१ भदौ २०८३ ११:५७ | Sunday, September 6, 2026
घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै आइतबार छापावाल सुनको मूल्य ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार २ हजार ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ पुगेको थियो।

आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ थियो।

प्रकाशित: २१ भदौ २०८३ ११:५७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast