पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा युवती पक्राउ

हिमाल प्रेस ६ कार्तिक २०८३ १७:०३ | Friday, October 23, 2026
8
SHARES
पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा युवती पक्राउ

जनकपुरधाम– पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा एक युवतीलाई धनुषामा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नगराइन नगरपालिका ६ बस्ने अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले समाजमा हिंसा र त्रास फैलाउने गरी सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गरी नाचेको र भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको पाइएकोले खातुनलाई पक्राउ गरिएको जानकारी दिए।

खातुनलाई गणेशमान चारनाथ नगरपालिका ९ बाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १७:०३ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast