आक्रामक ब्याटर डेभिड मिलरले कर्णालीबाट एनपीएल खेल्ने

हिमाल प्रेस ६ कार्तिक २०८३ १८:१७ | Friday, October 23, 2026
6
SHARES
आक्रामक ब्याटर डेभिड मिलरले कर्णालीबाट एनपीएल खेल्ने

काठमाडौँ– दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो। उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्।

सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन्।

 

प्रकाशित: ६ कार्तिक २०८३ १८:१७ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast