पोखरा पर्यटन परिषद्को पदस्थापन

हिमाल प्रेस २३ भदौ २०८३ १४:०५ | Tuesday, September 8, 2026
पोखरा पर्यटन परिषद्को पदस्थापन

पोखरा- पोखरा पर्यटन परिषद्को नयाँ कार्यसमितिको मंगलबार पदस्थापना भएको छ। गत बुधबार परिषद्को २६औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनले हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। ४ जना सदस्य सर्वसम्मत बनेका थिए।

नवनिर्वाचित पदाधिकारी एवं मनोनीयलाई अध्यक्ष भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। अध्यक्षले पदाधिकारी मनोनीत गर्ने व्यवस्था छ।

भुजेलले प्रथम उपाध्यक्षमा हरिराम अधिकारीलाई मनोनीत गरेका हुन्। ग्लोबल भ्याकेसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक अधिकारी नाट्टा गण्डकीका पूर्व अध्यक्ष हुन्।

यसैगरी, द्वितीय उपाध्यक्षमा नारायण सुवेदी मनोनीत भए। उनी टेसाका पूर्व अध्यक्ष हुन्। नाराका मिलन तिवारी महासचिव, एटिभिएका बाबुराम पाण्डे सचिव र सहकोषाध्यक्षमा भिटोफकी शोभा अधिकारी सापकोटा मनोनीत भइन्।

कोषाध्यक्ष मनोनीत हुन बाँकी छ। जीवनराज सापकोटा र सुनिलबहादुर भट्टराई सदस्य छन्। रिक्त २ सदस्य मनोनीत हुन बाँकी छ।

पोखराका पर्यटनसम्बद्ध विभिन्न १४ संस्थाका अध्यक्षहरू परिषद्मा पदेन सदस्य हुने व्यवस्था छ। नवनिर्वाचित अध्यक्ष भुजेलले नेपालमा बाढीपहिरोले पर्यटनबारे नकारात्मक सन्देश गएकोमा सो चिर्दै सुरक्षित गन्तव्यबारे जानकारी दिनुपर्नेमा बताए।

प्रकाशित: २३ भदौ २०८३ १४:०५ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast