राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ

हिमाल प्रेस २९ साउन २०८३ १६:५१ | Friday, August 14, 2026
2
SHARE
राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ

काठमाडौँ- मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ।

एसीसी प्रिमियर कप अगस्त २९ देखि मलेसियामा सुरु हुँदैछ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए।

टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनले बताए।

उनले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाए।

त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकप लिग–२ बाट पहिचान गरिएका कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने बताए।

मलेसियाको पिच ‘कम गति र स्पिनरलाई मद्दत पुग्ने’ खालको रहेकाले नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उनको भनाइ छ।

त्यस्तै क्यान सचिव पारस खड्का नेपाली टोली भारतमा तयारी गरेर सिधै मलेसिया जाने बताए। उनले नेपाली टीमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २९ साउन २०८३ १६:५१ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast