काठमाडौँ- मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेलमा आज ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्।
युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलमा आसिफले १०३ बलमा शतक प्रहार गरेका हुन्। टस जितेर ब्याटिङ गरेको नेपाली टिमले हालसम्म ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८६ रन बनाएको छ। आसिफलाई साथ दिन पूर्वकप्तान रोहितकुमार पौडेल मैदानमा छन्।
अहिलेसम्म ओपनर अर्जुन कुमाल र इसान पाण्डे बाहिरिएका छन्। आजको खेलमा विजेता टोली आगामी एसिया कपमा सहभागी हुन पाउनेछ।
प्रकाशित: २७ भदौ २०८३ ९:४७ | Saturday, September 12, 2026
प्रतिक्रिया


