यूएई तेस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल के गर्ला?

हिमाल प्रेस २५ भदौ २०८३ ११:२८ | Thursday, September 10, 2026
यूएई तेस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल के गर्ला?

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै यूएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य यूएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो। उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रन जोडे।

हङकङका लागि बलिङतर्फ कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एकरएक विकेट लिए। त्यसअघि मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भएको थियो। उसका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।

हङकङलाई सस्तैमा रोक्ने क्रममा युएईका लागि हैदर अलीले १० ओभरमा १४ रन मात्र दिएर सर्वाधिक ६ विकेट लिए । यूएईले अब सेमिफाइनल जित्ने टिमविरुद्ध उपाधिका लागि भिड्नेछ ।

आजै भइरहेको अर्को सेमिफाइनलमा नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ । नेपाल र ओमानको खेल अहिले जारी छ। खेलको दोस्रो इनिङ्स चल्दा ओमानले २ विकेट गुमाएर २७ रन बनाएको छ। आजको खेल ओमानले जितेमा नेपालको फाइनल खेल्ने सपना पूरा हुने छैन।

प्रकाशित: २५ भदौ २०८३ ११:२८ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast