फाइल तस्बिर
काठमाडौँ- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर शुक्रबार साँझदेखि सञ्चालन गरिएको हो।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारीसाधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए।
‘रातभर लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइनेछ,’ उनले भने।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले शनिबार बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारीसाधन उपत्यका बाहिर पठाइने जानकारी दिए।
रातभर राजमार्गमा अड्किएका सवारीसाधनलाई गन्तव्यस्थलमा पठाएर शनिबार बिहानदेखि मात्र सवारी सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।


