काठमाडौँ- स्याङ्जाको गल्याङमा सोमबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो।
जिपमा सवार अन्य १७ जना घाइते भएका छन्।
ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर छ। उनीहरुलाई पाल्पास्थित युनाइटेड मिशन अस्पताल पठाइएको छ।
सामान्य घाइते भएका पाँच जना घर फर्केका छन्। अन्यको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ भदौ २०८३ २१:०६ | Monday, August 24, 2026
प्रतिक्रिया


