सरकारले ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्दै

हिमाल प्रेस २६ असोज २०८३ २०:५९ | Monday, October 12, 2026
4
SHARES
सरकारले ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्दै

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३÷८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मोटा मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकिएको छ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ।

प्रकाशित: २६ असोज २०८३ २०:५९ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast