मकवानपुरमा जिप दुर्घटना, मुख्य न्यायाधीशसहित ४ गम्भीर घाइतेको सेनाद्वारा उद्धार

हिमाल प्रेस २ भदौ २०८३ १०:४९ | Tuesday, August 18, 2026
4
SHARES
मकवानपुरमा जिप दुर्घटना, मुख्य न्यायाधीशसहित ४ गम्भीर घाइतेको सेनाद्वारा उद्धार

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा जिप दुर्घटना हुँदा उच्च अदालत वीरगन्ज इजलासका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार आज जुरिखेतमा मुख्य न्यायाधीशसहित ६ जना सवार स्कोरपियो जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको सेनाले जनाएको छ।

अन्य घाइतेको अवस्थाबारे भने सेनाले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित: २ भदौ २०८३ १०:४९ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast