डोल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, १३ जना घाइते

हिमाल प्रेस २१ असार २०८३ १८:०१ | Sunday, July 5, 2026
14
SHARES
डोल्पामा जिप दुर्घटना :  १ जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत – कर्णाली प्रदेशको माथिल्लो जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा जिपमा सवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ असार २०८३ १८:०१ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast