जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

हिमाल प्रेस २६ असोज २०८३ २०:२१ | Monday, October 12, 2026
12
SHARES
जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

दुर्घटनामा घाइते गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए।

दुर्घटनामा घाइते भएका ६ जनाकै आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको घिमिरेले बताए।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो।

जिप चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: २६ असोज २०८३ २०:२१ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast